Comments Add Comment

थापाको निधनको शोकमा शुक्रबार सार्बजनिक विदा

३ वैशाख, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार एक दिन सार्बजनिक विदा दिने निर्णय गरेको छ ।

Surya-Bdr-Thapaविहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार सार्बजनिक विदा दिने निर्णय गरेको हो । भारतको नयाँदिल्लीमा उपचारको क्रममा बुधबार राति थापाको निधन भएको थियो ।

थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी एक दिन स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा आधा झण्डा झुकाउने बैठकले निर्णय गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।

अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरिरलाई राप्रपा केन्द्रीय कार्यालय चाबहिल र दशरथ रंगशालामा राखिने छ ।

थापाको निधनमा राप्रपाले १३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

सम्झनामा सूर्यबहादुर थापा (फोटोकथा)

सूर्यबहादुर : जो, गगन थापाकै उमेरमा प्रधानमन्त्री बने 

मुलुकमा संकट पर्‍यो भने सूर्यबहादुरलाई खोज्नुपर्छ भन्ने थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment