Comments Add Comment

पूर्वप्रधानमन्त्री थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टि गरिने

Surya-Bdr-Thapa

३ बैशाख, काठमाडौं । दिगंवत भएका राप्रपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार राजकीय सम्मानका साथ  अन्त्येष्टि गरिने भएको छ ।

उपचारका क्रममा गएराति दिल्लीमा निधन भएका थापाको पार्थिव शरीरलाई विहीबार दिउँसो भारतीय विशेष विमानबाट काठमाडौं ल्याइँदैछ ।

राप्रपा केन्द्रीय कार्यसमितिको बिहीबार बिहान बसेको बैठकले थापाको पार्थिव शरीरलाई विहीबार मालीगाउँस्थित निवासमै राख्ने निर्णय गरेको छ । शुक्रबार १० देखि १२ बजेसम्म पार्टी कार्यालय चावहिल र त्यसपछि दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।

दिवङ्गत थापाको सम्झनामा पार्टीले १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ । राप्रपा सहप्रवक्ता किरण गिरीका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले थापाको अन्त्येष्टिमा राजकीय सम्मान दिने बताएका छन् ।

थापाको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । पाँच पटक प्रधानमन्त्री भएका थापाका एक छोरा र तीन छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment