+
+

वैदेशिक रोजगारीका विकृति हटाउन नारायणकाजीको अभियान घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते १६:११

३ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रका विकृति अन्त्यका लागि आफूले अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

Narayan-Kaji-1आफ्नै निवास हात्तिवनमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका कामदारको विप्रेषणले भरथेग गरे पनि उनीहरूको सुरक्षा र आत्मसम्मानका लागि राज्यले कुनै भूमिका निर्वाह नगर्नु दुःखद् भएको बताए ।

‘मलेसियामा नेपाली कामदारले पाएको दुःख,कष्ट र पीडा देख्दा  लज्जाबोध भयो । त्यसविरुद्ध आवाज उठाउनु कर्तव्य ठानेर अभियान सञ्चालन गर्न लागेको हुँ’ उनले भने ।

श्रेष्ठले गत चैत २२ देखि २५ गतेसम्म मलेसिया भ्रमणका नेपालीले पाइरहेको दुःखकष्टबारे प्रत्यक्ष बुझ्ने मौका पाएको बताए ।

वैदेशिक रोजगारीमा मलेसिया गएका नेपालीका समस्याबारे गत बुधबार प्रधानमन्त्री सुशील कोइराला र मलेसियाका कार्यबाहक राजदूत तथा गत मंगलबार परराष्ट्रमन्त्री र श्रमराज्यमन्त्री र सचिवसँग सामूहिक छलफल गरेको जानकारी दिँदै उनले समस्या समाधानका लागि आवश्यक प्रयास गर्ने आश्वासन पाएको बताए ।

श्रेष्ठका अनुसार मलेसिया र नेपालबीच तत्काल श्रम सम्झौता, ठगीमा संलग्न वैदेशिक रोजागर व्यवसायीको दर्ता खारेजी, बिना शुल्क कामदार पठाउने तथा मलेसियास्थित नेपाली दूतावासमा आवश्यक जनशक्ति थप गर्नेलगायत प्रतिबद्धता मन्त्रीद्वयले व्यक्त गरेका छन् ।

एमाओवादीको विदेश विभाग प्रमुखसमेत रहेका उपाध्यक्ष श्रेष्ठले आफूसँग गरिएका प्रतिबद्धता दुई महिनाभित्र पूरा नभए आफ्नो पार्टीले यही विषयलाई लिएर सङ्घर्ष गर्ने चेतावनी दिए ।

Narayankaji1

मलेसियामा कादमार पठाउन अधिकतम लागत ८० हजार तोकिए पनि दोब्बर रकम वैदेशिक रोजागर व्यवसायीले लिइरहेको भन्दै उनले त्यो नियन्त्रण हुन नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे । प्रवेशाज्ञा प्रक्रियाको नाममा मलेसियाली कम्पनी भिएलएनले  हरेक श्रमिकबाट रु तीन हजार २०० लिइरहेको र त्यो अवैध भएको उल्लेख गर्दै उनले कारबाही गर्न माग गरेका छन् ।

मलेसियाले अवैध रुपमा आफ्नो भूमिमा रहेका कामदारलाई स्वदेश फर्काउने क्रममा यातना दिने, हिन्दुलाई गाईको मासु खुवाउने, उनीहरूलाई परिवारसँग सम्पर्क गर्न नदिनेलगायत अमानवीय एवम् क्रुर व्यवहार गरेका प्रमाण अनुगनको क्रममा आफूले फेला पारेको श्रेष्ठले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?