+
+

प्लास्टिकका झोला बेच्ने आठजनालाई पत्र काटियो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ४ गते ६:१५

plastik

४ वैशाख, काठमाडौं । सरकारले प्लास्टिक झोलाविरुद्धको अभियान थालेको दुई दिनमा चार लाख थान झोला जफत गरेको छ। काठमाडौं उपत्यकाबाट बुधबार दुई लाख ५० हजार र बिहीबार एक लाख ५० हजार झोला बरामद गरिएको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ।

प्लास्टिक झोलामा प्रतिबन्ध लगाएपछि विभागले उपत्यका भित्रिने विभिन्न नाका र बजारमा अनुगमन तीव्र पारेको छ। प्लास्टिक झोला बेच्ने आठजनालाई बयानका लागि वातावरण विभागमा उपस्थित हुन पत्र काटिएको अन्नपूर्ण पोस्टमा खबर छ।

उनीहरूले सार्वजनिक सूचना उल्लंघन गरेकाले आवश्यक कारबाहीका लागि विभागमा बोलाइएको मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले बताए।

ललितपुरको सेलवेजलगायतका ठूला डिपार्टमेन्टल स्टोरबाट पनि बिहीबार प्लास्टिक झोला बरामद गरियो। यसैगरी काठमाडौंको कालिमाटी क्षेत्रबाट पनि प्लास्टिक झोला बरामद भएको छ।

सरकारले वैशाख १ गतेदेखि उपत्यकाभर २० इन्च चौडाइ र ३५ इन्च लम्बाइका तथा ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला भण्डारण, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। सरकारी निर्णय नटेर्नेलाई कानुनअनुसार ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त राख्न मन्त्रालयले यो अभियान थालेको हो। सचिव पौडेलले भने, ‘उपत्यकालाई सबैखाले प्रदूषणमुक्त बनाउन सबैको सहयोग आवश्यक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?