Comments Add Comment

प्रभू बैंकमा डेपुटी सीइओ, सीओओ र आइटि चिफ नियुक्त

aaa६ वैशाख, काठमाडौं । प्रभु बैंकले रिक्त रहेका उच्च व्यवस्थापक पदमा पदपूर्ति गरेको छ । बैंकले प्रमुख व्याापार अधिकृतमा कार्यरत तारा मानन्धरलाई वैशाख १ गतेदेखि लागू हुनेगरी नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ)मा स्तरोन्नति गरेको जनाएको छ ।

त्यसैगरी सोही मितिदेखि लागू हुनेगरी १३ वर्षे बैंकिङ अनुभव भएका सचिनजंग रायमाझीलाई प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी दिएको छ ।
त्यस्तै, बपिनाराज भण्डारीलाई बरिष्ठ प्रवन्धकमा नियुक्ति गरेको छ । भण्डारीलाई सूचना प्रविधि विभागको जिम्मेवारी पनि दिइएको छ ।

सम्बन्धित क्षेत्रमा लामो अनुभव प्राप्त उच्च कार्यदक्षता भएका व्यक्तिहरुलाई बैंकले उच्च व्यवस्थापन तहमा नियुक्ति गरेको जनाएको छ ।

नवनियुक्त डेपुटी सीइओ मानन्धरले मर्जर पश्चात् बैंकको व्यापार/व्यवसाय वृद्धिको लागि रणनैतिक एवं दीर्घकालिन नीतिगत योजना बनाउने मुख्य भूमिका निर्वाह गरेका थिए । उनीसँग स्टान्डर्ड चार्टड बैंक र केही वित्तीय संस्थाहरुमा गरी १४ वर्ष काम गरेको अनुभव छ ।

सीओओमा नियुक्त रायमाझीसँग १३ वर्ष भन्दा बढी बैंकिङ्ग गरेको अनुभव छ । त्यस्तै, उनीसँग नेपाल राष्ट्र बैंकमा ७ वर्ष, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक र मेगा बैंकमा पनि काम गरेको अनुभव छ ।

आइटि चिफमा नियुक्त राजभण्डारीसँग बैंकिङ क्षेत्रको आइटीम १६ वर्ष काम गरेको अनुभव छ । यसअघि उनी, एनआइसी एसिया बैंकको आइटी चिफकारुपमा कार्यरत थिए ।
उच्च व्यवस्थापकको नियुक्तिले बैंकको व्यवसायिक कार्यक्षमता थप सबल र सुदृढ हुने बैंकको अपेक्षा छ । नेपाल राष्ट्र बैंकले एक महिनाअघि मात्रै रिक्त भएका सीइओ र उच्च व्यवस्थापक तीन महिनाभित्र नियुक्ति गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment