Comments Add Comment

लिभरपुललाई हराउँदै एस्टनभिल्ला फाइनलमा

Aston Villa

७ वैशाख, काठमाडौं । लिभरपुललाई पराजित गर्दै एस्टनभिल्ला एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा एस्टनभिल्लाले लिभरपुललाई २–१ ले पराजित गरेको हो । अब उपाधिका लागि आर्सनलसँग खेल्नेछ ।

वेम्बली स्टेडियममा भएको खेलमा लिभरपुलले ३० औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो ।

तर, एस्टनभिल्लाले उत्कृष्ट कमब्याक ग¥यो । ३६ औं मिनेटमा क्रिष्टियन बेन्टेकेले बराबरी गोल फर्काए । खेलको ५४ औं मिनेटमा फाबियन डेल्फले गोल गर्दै एस्टनभिल्लालाई अग्रता दिलाए ।

खेलमा थप गोल हुन सकेन र एस्टनभिल्ला विजयी बन्यो ।

हारसँगै सन् १९५० पछि लगातार तीना सिजनमा कुनै पनि उपाधि जित्न सक्ने ब्रेन्डन रोजर्स लिभरपुलको पहिलो म्यानेजर बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment