Comments Add Comment

जेठमा आउँदै छ बिदेशिएका नेपालीको कथा ‘राहदानी’

Rima

काठमाडौं । दयाहाङ राईले मुख्य भुमिका निर्वाह गरेको चलचित्र राहदानी जेठको अन्तिम साता प्रदर्शन हुने भएको छ ।

डब्बु क्षेत्रीको निर्देशन रहेको यस चलचित्रमा विनिता घिमिरे, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, सृजना सुब्बा, मोनिका दाहाल, दिनेश दुलाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

कामका लागि खाडी मुलुक गएका युवाहरुको कथा समेटिएको यस फिल्ममा रेमिट्यान्सले मुलुकको कुल ग्राहस्थको २५ प्रतिशत धाने पनि उनीहरुले भोगेको समस्याप्रति सरकार वेखवर रेहेको प्रसंग उठाइएकोे छ ।

यस चलचित्रको मोफशलका विभिन्न शहरमा च्यारिटी शो सम्पन्न भईसकेको छ । चलचित्रमा राजु शाहको नृत्य, बसन्त सापकोटा, चेतन सापकोटा, जुगल डँगोल र गैरे सुरेशको संगीत, बनिश शाहको सम्पादन, रामशरण उप्रेतीको छायाँकन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment