Comments Add Comment

संविधानसभाको बैठक आज बस्दै

१० बैशाख, काठमाडौं । संविधानसभाको बैठक आज बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो तीन बजेपछि बस्ने बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको प्रक्रियाका बारेमा जानकारी गराउँदै अर्को बैठक तोक्ने कार्यसूची छ ।

यसअघि बोलाइएका संविधानसभा बैठक भने शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएका छन् ।

सभाध्यक्ष नेम्बाङले विवादित विषयमा चाँडै सहमति गर्न दलहरुलाई गरिएको आग्रह अनुसार नेपाली कांग्रेस, नेकपा एमाले तथा एमाओवादीबीचको बैठकमा शीर्ष नेताले छलफल गरी सहमति कायम गर्ने निर्णय भएपनि निणर्यका बुँदा सभाध्यक्षलाई बुझाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment