Comments Add Comment

‘रेशम फिलिली’को प्रिमियर, कामेश्वर चौरासीया चलचित्रको हिरो(फोटो फिचरसहित)

binay richa and menuka
यो बर्ष प्रदर्शनमा आएको पहिलो चलचित्र ‘रेशम फिलिली’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा सम्पन्न भएको छ । आजबाट प्रदर्शनमा आएको यो चलचित्रको प्रिमियरमा चलचित्र क्षेत्रका कलाकार, निर्देशक, निर्मातादेखि अन्य विभिन्न क्षेत्रका मानिसहरुको उल्लेख्य उपस्थिती थियो । कतिपयले हलमा प्रवेश गर्ने पास नपाएर घर पनि फर्कनु परेको थियो ।

सुकुल ओच्छ्याएर गरिएको  प्रिमियरमा पत्रकार र कलाकारका लागि व्यवस्थित शैली अपनाइएको थियो । यस्तो शैली कमै मात्र चलचित्रको प्रिमियर शोमा देखिन्छ । कुमारीका २ वटै हलमा खचाखच मानिसहरु देखिएका थिए । menuka pradhan

suraj aani and rabina
चलचित्र हेर्नका लागि नायिकाहरुको उल्लेख्य भिड लागेको थियो । नायिका निशा अधिकारी सबैभन्दा पहिला हलमा देखिइन् । यसपछि, ऋचा शर्मा, वेनिशा हमाल, रिमा विश्वकर्मा, नम्रता श्रेष्ठ, नन्दिता केसी, केकी अधिकारी हलमा देखिए ।

चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ, कर्मा, मेनुका प्रधान पनि प्रिमियरमा आकर्षक तबरले उपस्थित भएका थिए ।

माधव वाग्लेले विनय श्रेष्ठसँग मिलेर बनाएको यो चलचित्रलाई प्रणव जोशीले निर्देशन गरेका हुन् । चलचित्रमा कालिप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्रमा समावेश ‘तिमी पिरतीको छाता ओडन’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।

चलचित्र हेर्दा हलमा दर्शकको हाँसो मात्र सुनियो । विशेषगरि, चलचित्रका मुख्य पात्र कामेश्वर चौरासियाले दर्शकलाई सर्वाधिक मनोरञ्जन दिएका छन् । चलचित्र हेरुन्जेल र हेरिसकेपछि पनि दर्शकले उनलाई मात्र संझन्छन् । यो चलचित्रको मुख्य नायक नै कामेश्वर हुन् । चलचित्र समिक्षा हामी चाडै नै प्रकाशित गर्नेछौ ।richa sharma

nandita kc

reema benisha and nandita

keki and namrata

  तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment