Comments Add Comment

महाभुकम्प पीडितका लागि राहत संकलन गर्दै प्रबल

१५ बैशाख, काठमाडौं । नेपालमा शनिबार गएको महाभूकम्पका पीडितहरुका लागि प्रख्यात फेसन डिजाइनर प्रबलव गुरुङले राहत कोष खडा गरी राहत संकलन कार्य सुरु गरेका छन् ।

जन्मभूमि नेपालमा पीडामा परेकाहरुलाई राहत प्रदान गर्न गुरुङले नेपाल भूकम्प राहत कोषः प्रबल गुरुङ र शिक्षा फाउन्डेसन नेपाल सञ्चालन गरेका छन् ।

सिएनएनसँग कुरा गर्दै उनले भने-‘जतिबेला मलाइ भुकम्प गएको थाहा भयो केहि नगरी बस्नु उचित लागेन मैले केहि गर्नै पर्छ जस्तो लाग्यो । नेपालको तस्बिरहरु हेर्दा भयानक र हृदय विदारक छन् । हामीले तत्काल पैसा उठाउन आवश्यक रहेको भन्दै गुरुङले एक दुइ हप्तामा विश्वको ध्यान कुनै अन्य विपत्ति आए अब के हुन्छ भन्ने छ । पुनःनिर्माणका लागि निक्कै समय लाग्ने छ । ‘

त्यस्तै विश्वप्रख्यात इङलिस ब्याण्ड ‘वन डिरेकसन’का गायकहरुले पनि नेपालका भूकम्प पीडितहरुका लागि राहत संकलन कार्य सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment