+
+

भूकम्पमा ८ बलिउडकर्मीको निधन, तेलगु नायक पनि रहेनन्

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १५ गते १७:२२

mugda-godes

१५ वैशाख, काठमाडौं । नेपालमा शनिबार आएको महाभूकम्पमा परेर ८ बलिउडकर्मीको निधन भएको छ । निधनमा परी ८ जना बलिउडकर्मीको निधन भएको नायिका मोग्दा गोड्सेले जानकारी दिएकी छिन् । उनले आफ्नो ट्विटर मार्फत यो कुराको जानकारी गराउँदै दुःख व्यक्त गरेकी छिन् ।

आफ्नो नयाँ चलचित्रको छायांकनका क्रममा नेपालमा रहेका उनीहरुको निधन भएको मुग्दाले लेखेकी छिन् । उनले यो कुराले आफूमा नैराश्यता बढाएको पनि लेखेकी छिन् ।

यस्तै, तेलगु चलचित्रका कलाकार के विजयको पनि निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी आफ्ना २० सदस्यीय टोलीका साथ नेपाल चलचित्र छायांकनका लागि आएका थिए । ‘एकताकरम’ नामक चलचित्रको छायांकनका लागि उनी नेपाल आएका थिए । उनी गाडीमा रहेको समयमा भूकम्प आएको भारतीय सञ्चारमाध्यमको भनाइ छ ।

कोही सकुशल फर्किए

नेपाल आएका बलिउड निर्देशक कुणाल देशमुखले आफू सकुशल मुम्बई फर्किएको बताएका छन् । भूकम्प आएको करिब ७ घन्टासम्म सम्पर्कविहीन भएपछि उनी हराएको भन्दै निर्देशक महेश भट्टले ट्विट गरेका थिए । तर, ७ घन्टापछि कुणालले आफू सकुशल रहेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?