News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा र सामाजिक सुरक्षा कोषको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन्।
- उनले प्रतिनिधि सभा बैठकमा चिया मजदुरका हकहितका लागि सरकारी मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए।
- राईले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित नेपालको पहिलो नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न आग्रह गरे।
३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले चिया मजदुरका हकहितका लागि सरकारले निर्धारण गरेका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘चिया मजदुरहरुको सरकारको मापदण्डअनुरुप ज्याला, सेवा, सामाजिक सुरक्षा कोषमा आवद्धताको विषयलाई कडाईका साथ कार्यान्वयन होस् भनेर अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
साथै, उनले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालको पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको बताए । नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ । नेपालको पहिलो नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास, प्रवर्द्धन तथा धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन आवश्यक बजेट र थप प्रचारप्रसार आवश्यक रहेकोले यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद राईले भनेका छन् ।
प्रतिक्रिया 4