+
+
Shares

संसद्‍मा निश्कल राईको प्रश्न– ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाह निरंकुश शैलीमा अघि बढेको आरोप लगाउनुभयो।
  • प्रतिनिधिसभा बैठकमा राईले श्री ८ बालेनलाई प्रश्न गर्न पाइँदैन भन्ने शैलीमा सरकार सञ्चालन भइरहेको बताउनुभयो।
  • गगन थापा र मिडिया हाउसअघि गाडी तेर्स्याउने काम अलोकतान्त्रिक र राज्य आतंक भएको उहाँले उल्लेख गर्नुभयो।

३० असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कसैले प्रश्न गर्न नपाउने निरंकुश शैलीमा अघि बढेको बताएका छन् ।

उनले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,’ श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ।’

कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरेका छन् ।

उनले राज्य अनधिकृत नेटवर्कमा चल्न थालेको पनि बताए । सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरूले चलाइरहँदा सत्ता पक्षका सांसदहरू मुखमा टेप लगाएर बसेको उनले बताए ।

उनले अलोकतान्त्रिक हर्कत गर्ने सरकारको कदम सोमबार देखिएको उल्लेख गरे । कांग्रेस सभापति गगन थापा र मिडिया हाउसअघि गाडी तेस्स्याउने काम अलोकतान्त्रिक र राज्य आतंकको अवस्था भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?