२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफूहरू राजनीति सिक्न तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले राजनीति सिक्न नभएर सिकाउन आएको भनेर दिएको अभिव्यक्ति स्मरण गरे।
‘मन्त्रीज्यूहरूको वक्तव्य पनि सुनियो। हामी सिकाउन आएका हौं भन्ने पनि सुनियो’ राईले भने, ‘हामी सिक्न तयार छौं । हामी प्रतिपक्ष सबै दल सिक्न तयार छौं।’
जेनजी शहीद दिवसको अवरसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री गुरुङले आफूहरू राजनीति सिक्न नआएको बरु सिकाउन आएको बताएका थिए ।
बिहीबार प्रतिनिधिसभामा सोही अभिव्यक्ति स्मरण गर्दै कांग्रेस सचेतक राईले आफूहरू राजनीति सिक्न तयार रहेको बताएका हुन् ।
‘हामी संस्कार सिक्न चाहन्छौं। विधि, प्रक्रिया र पद्धति सिक्न चाहन्छौं। विधानसंगत कुरा सिक्न चाहन्छौं । सहिष्णुता सिक्न चाहन्छौं। सिद्धान्त सिक्न चाहन्छौं उनले भने।
यस्तो आफूले पूर्वाग्रही भएर नभएको उनले बताए। आलोचना र प्रश्न आफूहरूले गर्दैपर्ने भन्दै उनले थपे, ‘तर अराजकता, साइबर बुलिङ र असहिष्णुता, पूर्वाग्रह, भ्रम र अहंकार सिक्न आएका होइनौं।’
जेनजी शहिद दिवसको अवसरमा केही धर्म गुरूहरू समेत थिए। त्यसतर्फ संकेत गर्दै उनले भने, ‘विवादित धर्म गुरूहरूको संगत हामी सिक्न आएका होइनौं।’
प्रतिक्रिया 4