Comments Add Comment

भूकम्पबाट विस्थापित भएकाहरु घर फर्किन थाले (भिडियो र तस्वीर सहित)

१५ वैशाख, काठमाडौं । भूकम्पको डरले खुल्ला ठाउँमा पाल टाँगेर बसेका केही राजधानीबासी मंगलबार घर वा डेरामा फर्किएका छन् । दिउँसो भिषण पानी परेपछि उनीहरु आ-आफ्नो घर फर्किएका हुन् ।

Earthquake Victims returning to home 1 (1)

भूकम्पबाट घर नभत्किए पनि कतिपय पुनः भूकम्प आउने आशंकामा खुल्ला ठाउँमा गएर बसेका थिए । ठूलो पानी परेर भिजाउन थालेपछि जे परेपनि सहने साहस बटुलेर घर फर्किन थालेको अनलाइनखबरको टोलीसँग उनीहरुले बताए ।

भूगर्भविदहरुले भूकम्पमा क्षति नभएका घरहरुमा गएर ढुक्कसँग बस्न सकिने बताइसकेका छन् ।

घर नभएका कहाँ जाने ?

Earthquake Victims returning to home 1 (19)

भूकम्पले घर भत्किएका पीडितहरु भने पानी परेपनि रुझ्दै शिविर तथा पालमुनी बसिरहेका छन् । ‘पानी परेर कहाँ जानु, घर भत्किएको छ’ बागमती किनारमा बसेकी एक पीडितले भनिन्- ‘जति पानी परेपनि यही बस्नुको विकल्प छैन ।’

राजधानी बाहिर घर भएकाहरु मंगलबार विहानैदेखि आ-आफ्नो घर गइरहेका छन् । राजधानी छाडेर घर जानेहरुको भिड दशैंमा जस्तै देखिन्छ ।

अनलाइनखबरको टोली पाल तथा शिविर राखेर बसेको ठाउँमा पुग्दा कतिपय घरतर्फ फर्किसकेका थिए भने कतिपय फर्किदै थिए । घरमा कुनै क्षति नभएको हुँदा आफूहरुलाई घरमा जाने साहस आएको उनीहरुको भनाई थियो ।

‘पानीमा रुझेर बस्नुभन्दा घरमा बस्नु उपयूक्त देखेँ’ टुँडीखेलमा बसेका श्याम महर्जनले भने- ‘भुकम्पले घर केही भएको छैन, पुनः भूकम्प आउने डरले मात्र यहाँ आएर बसेका हौं ।’

भूकम्पको प्रभाव कम परेकाहरु घर फर्किन थालेपनि घर चर्किएका, भत्किएका पीडितहरु भने पानीमै रुझेर बस्न बाध्य छन् । पुनः भुईंचालो आए खुल्ला ठाउँमा आउने बताउँदै पाल तथा म्याट्रेस बोकेर घर फर्किनेहरुको धेरै देखिन्छन् ।

पछिल्ला दिनमा भूकम्पको कम्पन कम हुँदै गएकाले पनि उनीहरुमा घर फर्किने साहस बढेको हो । भूकम्पको प्रभाव ७२ घण्टासम्म रहने बताइएको समय पनि दिउँसो १२ बजे सकिएको छ । सरकार तथा विज्ञहरुले पनि क्षति नभएका घरमा ढुक्कसँग बस्न आह्वान गरिरहेका छन् । भूकम्पको प्रभाव कम हुँदै गएको हुँदा उनीहरुले घरमा गएर बस्न आग्रह गरेका हुन् ।

त्यसो त अस्तव्यस्त बसाईका कारण शिविर तथा पाल टाँगेका ठाउँमा रोग फैलिने त्रास उत्तिकै छ । यसले पनि घर हुनेहरुलाई आ-आफ्नो घर फर्किन बाध्य बनाएको हो । घर फर्किने क्रम बढेपछि शिविर तथा पाल टाँगेर बसेका ठाउँहरु खाली देखिन थालेका छन् ।

तर घर नै गुमाएकाहरू राहत र उद्धारको आशमा, पानीमा रूझ्दै बस्न विवश छन् ।

Earthquake Victims returning to home 1 (21)

Earthquake Victims returning to home 1 (4)

Earthquake Victims returning to home 1 (5) Earthquake Victims returning to home 1 (7) Earthquake Victims returning to home 1 (8) Earthquake Victims returning to home 1 (9) Earthquake Victims returning to home 1 (10) Earthquake Victims returning to home 1 (14) Earthquake Victims returning to home 1 (15)Earthquake Victims returning to home 1 (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment