Comments Add Comment

बढी भाडा लिने सवारीलाई कारबाही

१८ बैशाख, सिन्धुली । मौका छोपेर विपदको समयमा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारबाही गरेको छ । बढी भाडा असुल्ने सवारीबाट रकम फिर्ता गरी ट्राफिकले यात्रुलाई फिर्ता दिएको छ । ठग्ने ७० वटा सवारीलाई कारबाही गरी संकलन भएको पाँच लाख २१ हजार रुपैयाँ यात्रुलाई फिर्ता ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

भूकम्पका कारण नियमित रुटमा सञ्चालन हुने सवारी नचलेपछि अन्य सवारीले आफूखुसी भाडा लिएर सवारी सञ्चालन गरिरहेका छन् । सर्वसाधारणको गुनासोपछि अनुगमनमा जुटेको प्रहरीले बढी भाडा लिनेलाई कारबाही गर्न थालेको छ ।

ट्राफिकले बढी भाडा लिने सवारीबाट भाडा फिर्ता गराइ गाडीका आवश्यक सामग्री नियन्त्रणमा लिएको छ । यस्तो दुःखद अवस्थामा पीडितलाई सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment