+
+

राजमार्गका होटलमा यात्रुलाई मनपरी भाउ

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १९ गते ७:४१

Hotel-Association-of-Nepal१९ वैशाख, काठमाडौ । महाभूकम्पपछि विभिन्न जिल्ला फर्किने यात्रुको चाप बढेसँगै राजमार्गका होटलहरुले मनपरी असुली गरिरहेका छन् । यात्रुलाई खाना र खाजामा होटलहरुले मनपरी पैसा लिने गरेका हुन् । घाइते र विरामीको उद्धारमा सम्पूर्ण शक्ति लागेको बेला होटल ब्यवसायीले आफूखुशी मूल्य वृद्धि गराएका छन् ।

भूकम्पपछि घर फर्किने यात्रुसँग पृथ्वी राजमार्गको नौबिसेदेखि मलेखुसम्मका अधिकांश होटलले खानेकुरामा दोब्बरभन्दा बढी असुल्ने गरेको यात्रुहरुले गुनासो गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।

होटलहरुले सामान्य सादा खानाको मूल्य एक सय ५० रुपैयाँ र मासुसहितको खानाको तीन सयदेखि चार सय रुपैयाँ सम्म लिने गरेका छन् । होटलसँगैका खुद्रा पसलेहरुले पनि हरेक वस्तुको जथाभावी मूल्य तोक्ने गरेका छन् ।

चाउचाउ, विस्कुट, मिनरल वाटर, जुसको मूल्य दोब्बरभन्दा बढी लिने गरिएको छ । उनीहरुले एक चिरा काँक्रोको यात्रुसँग ५० रुपैयाँसम्म असुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?