+
+

टेक्सासका नेपालीद्वारा झन्डै एक लाख अमेरिकी डलर सहयोग

अमेरिका । नेपालमा बैशाख १२ गते गएको विनाशकारी भूकम्पले विपत निम्त्याएपछि देशविदेशमा सहयोग तथा राहत जुटाउने क्रम जारी रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १९ गते १०:०८

Texas-help teamबिकाश राज न्यौपाने

अमेरिका । नेपालमा बैशाख १२ गते गएको विनाशकारी भूकम्पले विपत निम्त्याएपछि देशविदेशमा सहयोग तथा राहत जुटाउने क्रम जारी रहेको छ । यसैक्रममा अमेरिकाको टेक्सासमा रहेका नेपालीहरूले झन्डै एक लाख अमेरिकी डलर सहयोग जुटाएका छन् ।

पीडितहरुलाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले नेपाली समाज टेक्सासको अगुवाइमा १५ सदस्यीय डाक्टर, नर्स तथा स्वयंसेवकसहितको टोली काठमाडौँ पुगेको छ।

मेडिकल सामग्रीलाई प्राथमिकतामा राखेर उक्त राहत टोलीको साथमा ५० पाउण्डका २५   प्याकेज राहत सामाग्रीहरु पठाइएको नेपाली समाज टेक्सासका महासचिब विजयराज भट्टराईले जनाएका छन् ।

साथै उक्त टीमले नेपालमा थप राहत सामग्रीहरु टेन्ट, ब्ल्यांकेट, चामल, दाल, तेल, च्युरा तथा पानी लगायतका सामाग्रीहरु समेत खरिद गरि वितरण गर्नेछ।

नेपालमा २ भागमा टोली बाँडिने बताइएको छ । एउटा मेडिकल टोलीले काठमाडौँलाई अधार बनाई मेडिकल सेवा प्रदान गर्ने र दोश्रो टोली गोर्खाको आरुघाटमा क्याम्प स्थापना गरी राहत तथा मेडिकल सेवा प्रदान गर्ने समाजका महासचिव भट्टराईले बताए ।   नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष गौरीराज जोशीको नेतृत्वमा उक्त टोली गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?