+
+
Shares

अमिताभले संझिए नेपाल, भने-‘नेपाल मेरो पहिलो विदेश यात्रा’

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १९ गते ९:४१

amitav-bachhan
आफ्नो ब्लगमा नेपाललाई संझदै बलिउडका सुपरस्टार अमिताभ बच्चनले सन् १९५४ मा पहिलो पटक हिमालयको देश पुगेको बताए । उनले नेपाल आफ्नो पहिलो  विदेश यात्रा पनि भएको बताएका छन् ।

उनले लेखेका छन्-‘विकास र परिदृश्यको दृष्टिकोणले नेपालमा धेरै नै परिवर्तन आएको छ तर भारतीय चलचित्रप्रति त्यहाँका जनताको प्रेम बनिरहेको छ ।’ आफ्नो पिताले घनिष्ठ साहित्कारसँग भेट्ने इच्छा राखेपछि हामी नेपाल पुगेका थियौं, अमिताभले नेपाल संझदै लेखेका छन् । यसपछि पनि आफू चलचित्र छायांकनका लागि नेपाल पुगेको उनले बताए ।

अमिताभले ट्विटरमा नेपालमा आएको महाभूकम्पले पारेको क्षतीबाट गहिरो दुख लागेको लेेखेका थिए । उनले भूकम्प प्रभावित नेपालीलाई सहयोग गर्ने इच्छा पनि राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?