Comments Add Comment

भूकम्पले १ लाख २६ हजार गर्भवती प्रभावित

१९ वैशाख, काठमाडौं । एक साताअघि गएको विनाशकारी भूकम्पबाट नेपालमा करिब १ लाख २६ हजार गर्भवती महिला प्रभावित भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) ले अनुमान गरेको छ । यूएनएफपिएको अनुमान अनुसार झण्डै २० लाख प्रजनन् उमेरका किशोरी तथा महिला भूकम्पबाट प्रभावित भएका छन् ।

भक्तपुर ठूलो ब्यासीमा शिविरमा बस्दै अाएकी गर्भवती महिला
भक्तपुर ठूलो ब्यासीमा शिविरमा बस्दै अाएकी गर्भवती महिला

भूकम्प जस्ता प्राकृतिक प्रकोपहरुको समयमा महिला र किशोरीहरू सवैभन्दा बढी कमजोर जनसंख्यामा पर्छन् । यस्तो समयमा गर्भधारणसम्वद्ध मृत्यु र महिला हिंसा बढ्ने यूएनएफपिएले जनाएको छ । अधिकांश महिलाले अत्यावश्यक प्रजनन् स्वास्थ्य सेवा पाएका हुँदैनन् भने सुरक्षित सुत्केरी सेवा तथा जीवन रक्षाको हेरचाह सुविधा विना नै बच्चा जन्माएका हुन्छन् ।

‘भूकम्पबाट प्रभावित जिल्लाका महिलाका आवश्यकतालाई सम्वोधन गर्न युएनएफपीएले प्रजनन स्वास्थ्य सामग्री-आरएच किट)प्रदान गरिरहेकोछ, जसमा सुरक्षित रूपमा सुत्केरी गराउन आवश्यक सामग्रीछन्’ यूएनएफपिए प्रतिनिधि जुलिआ भलिसी भनिन्-हामीले महिला र प्रजनन् उमेरका किशोरीहरूका लागि अत्यावश्यक सरसफाईका सामग्रीसहितका रक्षा-सामग्री (डिग्निटी किट) पनि उपलब्ध गराइरहेको छ ।’

यूएनएफपिएले आगामी दिनमा पनि महिला र किशोरीका आवश्यकताहरूलाई सम्वोधन गर्दे जानेछ । प्राकृतिक प्रकोपपछि विस्थापितहरूको शिविर लगायतमा लैंगिक हिंसा जसलाई रोकथाम गर्न सरकार र साझेदारहरूसग मिलेर रोक्न काम गरिरहेको यूएनएफपिएले जनाएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment