Comments Add Comment

अाज पनि भूकम्पका तीन धक्का महशुस

२० बैशाख, काठमाडौँ । आइतबार बिहान मात्र सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर तीन वटा भूकम्पका महसुस भएका छन् ।

बिहान तीन बजेर २९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.५ रेक्टर म्याग्निच्युड स्केल, ४ बजेर २४ मिनेट जाँदा धादिङ केन्द्र भएर ४.० रेक्टर म्याग्निच्युड स्केल र ५ बजेर ४७ मिनेट जाँदा गोरखा केन्द्र भएर ४.० रेक्टर म्याग्निच्युड स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

यससँगै गत शनिबारदेखि हालसम्म चार म्याग्निच्युड रिक्टर स्केलभन्दा माथिका एक सय २८ भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रुपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार भूकम्पको धक्का विस्तारै न्यून हुँदै गएको छ ।

६ म्याग्निच्युड रिक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन । ठूलो रिक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनाैंसम्म जान सक्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment