रविन भट्टराई
२१ बैशाख, ताप्लेजुङ । साइकलबाट लडेर ताप्लेजुङमा एक युवकको मृत्यु भएको छ । मेचीराजमार्ग अन्तर्गत ताप्लेजुङको बहानन्देमा भएको दुर्घटनामा २६ वर्षका जीतबहादुर लिम्बुको मृत्यु भएको हो ।
आइतबार साँझ पाँच बजे साइकल कुदाउँदै गरेका लिम्बु अनियन्त्रित भएर सडक छेउको सिमेन्ट पोलमा ठोक्किएका थिए । ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको हो ।
एक महिना अघि मात्र विदेशबाट घर फर्किएका लिम्बु छिमेकी साथिको साईकल मागेर कुदाउने क्रममा सडक छेउको पिल्लरमा ठोकिएका थिए ।
उनी पुनः बैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका थिए । उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको छ । पोस्टमाटम पछि शव परिवारको जिम्मा लगाइने डीएसपी शान्तिराज कोईरालाले जानकारी दिए ।