Comments Add Comment

उद्धारमा परिचालित सेनाको हेलिकोप्टरमा समस्या

२१ वैशाख, रसुवा । लामटाङको हिमपहिरोमा परेका पर्यटकको उद्दारका लागि रसुवा गएको नेपाली सेनाको हेलिकोप्टरमा प्राविधिक समस्या आएको छ । प्राविधिक समस्या आएपछि केहीबेर सदरमुकाम धुन्चेस्थित हेलिप्याडमा थन्किएको हेलिकोप्टर मर्मत गरी काठमाडाैं फर्किएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले भने, ‘इन्जिनमा सामान्य समस्या आएको हो, सर्भिसिङ गरेपछि उद्धारको काम जारी हुन्छ ।’

भूकम्प पीडितहरुको उद्धारका लागि धेरै व्यस्त भएपछि हेलिकोप्टरमा सामान्य समस्या आएको उनले बताए । ‘बढी चापका कारण प्राविधिक समस्या भएको हो,’ उनले भने ।

आइतबार पनि सेनाको पुमा हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि केही समय ग्राउन्डेड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment