Comments Add Comment

अल्छीहरु सरकारलाई सराप्छन्, जाँगरिला गाउँ पस्छन्….

Girish Khatiwada At  Bhotang (4)

२१ वैशाख, सिन्धुपाल्चोक । गाउँमा सरकारै भेटिएन भन्ने गुनासो व्यापक बनिरहेका बेला भूकम्पको त्रासकै बीचमा र्‍यापर गिरिश खतिवडा भने सरकारको मुखै नहेरी गाउँतिर लागे ।

भूकम्प आएपछि सुरुमा गिरिश फेसबुकमा फ्यानहरुसँग सम्वादमा रहे । फ्यानहरुले उनलाई आफ्नो क्षेत्रमा भएको क्षति आफ्नो वालमा पोष्ट गरिदिन आग्रह गरिरहेका थिए । त्यही क्रममा सिन्धुपाल्चोक भोताङका फ्यानसँग फेसबुकमै कुराकानी भयो । ‘एकदमै दुर्गम हो, त्योभन्दा माथि लेक मात्र छ । पहिरोले बाटो छैन, हिँडेर मात्र जान सकिन्छ’ गिरिशले फ्यानसँगको सम्वाद सुनाए ।

Girish Khatiwada At  Bhotang (1)

यो कुराले गिरिशको मन छोयो । उनलाई लाग्यो, सरकारी तथा अन्य टोली कहिले पुग्ला ? काठमाडौंबाट आउनेहरु मेलम्चीबाट विस्तारै अघि बढ्छ र भोताङ पुग्दा त धेरै समय लाग्न सक्छ ।

त्यसपछि उनले भोताङ जाने निर्णय गरे र फेसबुकबाटै डाक्टर, नर्ससहित भोलेन्टियर आहृवान गरे । नवनायिका स्वस्तिमा खड्का पनि टीममा सहभागी हुन तयार भइन् । बुटवलको एउटा टीम पनि उनीहरुसँग काम गर्न तयार भयो । 

उनीहरुले आफैं केही फण्ड जुटाए । विदेशमा भएका साथी भाइहरुले पनि साथ दिए । आंकाक्षा बस्यालले पनि सहयोग गरिन् ।

केही राहत र चिकित्सकको टोली लिएर टीम गिरिश शनिबार बिहान भोताङ पुग्यो । मेलम्चीबाट पैदलै हिँडेर धाप हुँदै भोताङ पुगेका थिए ।

शायद भोताङ पुग्ने यो टीम नै पहिलो थियो । जहाँ उनीहरुले आफूले लिएर गएका केही राहत बाँडे र केही बिरामीको प्राथमिक उपचार गरे ।

Girish Khatiwada At  Bhotang (5)

गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं पठाए । आइतबार भोतानबाट फर्किएका गिरिश तिपिनी नजिकै भेटिए ।

उनले भने-‘भोताङ आसपासका एरियाहरु मानिखर्क, यार्सा लगायतका गाउँहरु गयौं । बाटो छेउछाउका पातलो बस्तीहरु भ्याउँदै गएका हौं, कुनै कुनै घर र गोठहरु मात्रै बचेका छन् । यहाँ भन्दा माथि ८० प्रतिशतभन्दा बढी घरहरु कोल्याप्स नै भएका छन् ।’

गिरिशका अनुसार अहिले पनि त्यो क्षेत्रका मानिसहरु राहतको पर्खाइमा छन् । भूकम्प प्रभावित मानिसहरुलाई अहिले ओत लाग्न त्रिपाल र खानाको आवश्यकता छ । ‘त्यहाँ अहिलेको समस्या सेल्टर हो । उनीहरुसँग केही केही टेन्टमा छन् । कोही बचेका गोठमा बसेका छन्’ उनले भने-‘उनीहरुलाई अर्को समस्या भनेको फुड हो । भएका अन्नपात सबै भत्किएका घरमै पुरिएका छन् ।’

Girish Khatiwada At  Bhotang (3)

गायक गिरिश खतिवडाको टीम फर्किँदै गर्दा काठमाडौं बस्दै आएका भोताङका मानिसहरु भने घर ढल्यो भन्ने सुनेर गाउँ फर्किँदै थिए ।

उनले भोताङका भूकम्पका प्रभावितहरुलाई सहयोग गर्न समेत अपील गरेका छन् । र्‍यापर गिरिश खतिवडाले भने भने-‘सानो सानो पानीले समुन्द्र बन्छ । त्यसैले आफूले जे गर्न सकिन्छ । सहयोग गरौं ।’

Girish Khatiwada At  Bhotang (6)

तस्वीरः निर्मल दाहाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment