Comments Add Comment

उद्योगमन्त्री बस्नेत टहरा बनाउँदै भक्तपुरमा भेटिए

mahesh basnet-1२२ वैशाख, भक्तपुर । विनाशकारी भूकम्प आएको बेलादेखि भक्तपुरमै रहेका उद्योगमन्त्री महेश बस्नेतले यसबीचमा एउटा मन्त्रिपरिषद बैठकमा भाग लिए बाहेक दश दिनदेखि काठमाडौंको बसाइ लगभग छाडेका छन् ।

शनिवार सधैं भक्तपुरको गुण्डुस्थित आफ्नै घरमा बस्ने गरेका मन्त्री बस्नेतको घर भूकम्पले क्षतिग्रस्त बनाएको छ । भूकम्पको भोलिपल्टदेखि उद्दारमा जुटेका उनले आफ्नै पहलमा करिव ४० लाख रुपैयाँको राहत सामाग्री पनि वितरण गरेको अनलाइनखबरलाई बताए ।

mahesh basnet-2

जिल्ला रेडक्रस भक्तपुरका उपाध्यक्ष किरण थापाले भूकम्पको दिनदेखि नै मन्त्री बस्नेतले उद्दार र राहतमा नेतृत्व लिएकाले आफूहरुलाई काम गर्न सजिलो भएको बताए ।

मन्त्रिपरिषद सदस्यहरु सबैले एक महिनाको तलब प्रधानमन्त्री राहतका कोषमा जम्मा गरेबाहेक बस्नेतले आफ्नै तर्फबाट भक्तपुरका भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ प्रदान गरेको रेडक्रसले जनाएको छ ।

भक्तपुरका सबै नगर र गाउँका भत्किएका घरको निरीक्षणपछि उनले तत्कालै १२ सय पाल दिएकाले केही राहत भएको भक्तपुर नगरपालिकका स्ाथनीय श्रीकुमार रञ्जितले बताए । ‘तर सबै जनता घरवारविहीन भएकाले यो सामाग्रीले पुग्दैन’ अर्का स्थानीय शिव अवाल भन्छन् ।

भक्तपुरका अधिकांश पुराना र ढुंगा माटोले बनाएका घर भूकम्पबाट ध्वस्त भएकाले वैकल्पिक बसोबासका लागि उद्योगमन्त्री आफैंले अस्थायी टहरा निर्माणको अगुवाइ गरिरहेको स्थानीय मुकेज प्रजापतिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment