Comments Add Comment

नेपाललाई साढे ८ अर्ब सहयोग गर्दै बेलायत

USAID-Rahat

२२ वैशाख, काठमाडौं । विनाशकारी महाभूकम्पका कारण विपत्तीमा परेको नेपाललाई बेलायतले ५ करोड ५८ लाख पाउन्ड अर्थात ८ अर्ब ५४ करोड ५७ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बेलायत सरकारको तर्फबाट २ करोड २८ लाख पाउण्ड र बेलायती जनताको स्वेच्छिक योगदानबाट ३ करोड ३० लाख पाउण्ड सहयोग हुने बेलायतका कार्यबाहक राजदूत जोन रन्किनले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी रन्किनले नेपालमा भूकम्परहित भवन बनाउन अन्तराष्ट्रिय समुदायसँग समन्वय हुने जानकारी दिए ।

बेलायतले राहत वितरणलाई सघाउन चिनुक हेलिकोप्टर दिएको बताउँदै रन्किनले यी हेलिकोप्टरहरुले विश्व खाद्य कार्यक्रमबाट दिइएको सामग्री भूकम्प प्रभावित क्षेत्रमा छिटो पुर्‍याउन सघाउने दाबी गरे ।

भेटमा प्रधानमन्त्री कोइरालाले भूकम्पबाट सिर्जित विपत्तिबाट नेपाली जनतालाई जोगाएर देशलाई  विकासको पथमा लैजान विदेशी मित्र राष्ट्रहरुको सहयोग आवश्यक भएको बताए ।

प्रधानमन्त्री कोइरालाले आफूले भ्रमण गरेका भूकम्प प्रभावित क्षेत्रहरुका पीडितहरुले ओत लाग्ने पाल, खाद्य सामान, चिसोबाट बच्ने म्याट, औषधीको माग गरेको जानकारी गराए । साथै, उनले पीडितहरुलाई पानी शुद्ध पार्ने फिल्टरको पनि आवश्यकता भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment