+
+
Shares

इरफानले आफूलाई मन पराउँदैनन् भन्ने लाग्थ्यो दीपिकालाई

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २४ गते १३:५६

deepika-and-irfan
जती नै ठूलो स्टार किन नहुन्, तर कुनै न कुनै कुरामा डर र आशंका त हुन्छ नै । यस्तै, आशंका थियो बलिउडकी चर्चित नायिका दीपिका पादुकोणलाई ।

भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीकु’को बारेमा भारतीय मिडियासँग कुरा गदैै दीपिकाले आफूलाई चलचित्रका अर्का कलाकार इरफान खानले मन पराउँदैनन् भन्ने लागेको बताएकी छिन् ।

इरफानको बारेमा मिडियामा विभिन्न खालका कुरा सुनेकी दीपिकालाई लाग्थ्यो कि, यी नेशनल अवार्ड विजेता कलाकारले व्यवसायिक नायिकासँग खासै निकटता बनाउँदैनन् । चलचित्रको सेटमा नै इरफानलाई दीपिकाले भेटेकी थिइन् । इरफानको नम्र र भलाद्मी स्वभावले आफ्नो सोचलाई झुटो बनाएको दीपिकाको भनाई छ ।

अमिताभ बच्चन, दीपिका पादुकोण र इरफान खान अभिनित यो चलचित्रलाई सुजित सरकारले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?