+
+

बैखु टोलका ४० परिवारलाई पत्रकारको राहत

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २५ गते ११:१०

२५ वैशाख, काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले शुक्रवार बालाजुको बैखु टोलका भूकम्प पीडितहरुलाई राहत वितरण गरेको छ ।

४० परिवारलाई दाल, चामल लगायतका खाद्यान्न वितरण गरिएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रामकृष्ण अधिकारीले बताए ।

राजधानी काठमाडौंकै तारकेश्वर नगरपालिका ११ स्थित बैखुटोलको तामाङ समुदायले राहत नपुगेको गुनासो गर्दै आएका थिए ।

पीडित पत्रकार ज्ञानप्रसाद पौडेललाई पाल सहयोग गरी महासंघ काठमाडौं शाखाले राहत वितरण थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?