Comments Add Comment

साम्बो संघद्धारा पत्रकार भोम्जनलाई सहयोग

Shambo-Sangh-rahat
२५ वैशाख, काठमाडौं । अघिल्लो शनिबार गएको महाविनशकारी भूकम्पमा परेर ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोम्जनको परिवारलाई नेपाल साम्बो संघले आर्थिक सहयोग प्रदान गरेको छ ।

संघका अध्यक्ष धनाञ्जय श्रेष्ठले नेपाल खेलकुद पत्रकार संघमार्फत मृतक भोम्जनको परिवारलाई १० हजार रुपैयाँ दिएका हुन् । संघले भूकम्पमा परी घरबार बीहिन भएका साम्बो खेलाडी नुवाकोटका तीर्थलाल तामाङ र रामेछापकी रञ्जना खड्कालाई ५/५ हजार रुपैयाँ प्रदान गरेको छ ।

१ लाखको राहत

यसैबीच संंघले भूकम्प पीडितलाई एक लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने भएको छ । संघले आगामी हप्ता नुवाकोट र सिन्धुपाल्चोकका भूकम्प पीडितलाई राहत सामाग्री वितरण गर्ने महासचिव उत्तम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment