Comments Add Comment

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार नौ सय १२ पुग्यो

फाइल तस्वीर
फाइल तस्वीर

२६ वैशाख, काठमाडौं । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार नौ सय १२ पुगेको छ । प्रहरी प्रधानकार्यालयले दिएको पछिल्लो जानकारी अनुसार १६ हजार ३७ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुमा उपत्यकामा एक हजार सात सय १३ जना छन् । त्यस्तै पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा पाँच हजार सात सय २८, पश्चिम क्षेत्रमा चार सय १६ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् । घाइते हुनेहरुमा उपत्यकामा नौ हजार २२, पुर्व क्षेत्रमा तीन सय २७, मध्य क्षेत्रमा पाँच हजार चार सय ७३, पश्चिम क्षेत्रमा एक हजार एक सय ९१, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

भुकम्पमा ज्यान गुमाउनेमा नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी पर्यटक ७० जना छन् । त्यस्तै नेपाल प्रहरी एक सय ४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जना घाइते रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म नेपाल प्रहरीका एक सहित दुई सय ५४ नेपाली नागरिक तथा एक सय ११ विदेशी नागरिक हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment