+
+
Shares

सलमानलाई फ्यानसँग भेटन नदिईने, सुरक्षा ब्यबस्था कडा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २७ गते १०:४६

salman-court

मुम्बई । ‘हिट एण्ड रन’ मामलामा जेल जानवाट बचेका अभिनेता सलमान खानको सुरक्षा ब्यबस्था कडा बनाईएको छ ।
सुटिङ लगायत अन्य कार्यक्रममा उनलाई फ्यानसंग भेटन नदिने योजना सुरक्षा प्रशासनले बनाएको छ ।

सलमानका फ्यान धेरै छन् । अहिले सलमानलाई देख्ने बित्तिकै फ्यानहरु उनलाई घेर्न आइपुग्छन् । यसो हुँदा उनको सुरक्षा खतरा बढ्छ भने सुटिङ पनि डिष्टर्व हुन्छ ।

‘बजरंगी भाईजान’ को सुटिङका लागि आईतवार सलमान जम्मू काश्मिरको श्रीनगन जाने भएका छन् । ‘हिट एण्ड रन’ को मामलामा अदालतमा बहस चलिरहँदा उनि सोही फिल्मको सुटिङमा जम्मु कश्मिरमै थिए । कबिर खानको यस फिल्ममा सलमानको मुख्य भुमिका रहेको छ ।

सुरक्षाकर्मीको पहिलो चुनौती नै उनलाई फ्यानवाट टाढा राख्नु भएको छ । त्यसो त श्रीनगर आफैंमा सुरक्षाको हिसाबले संवेदनशील ठाँउ पनि हो । यस क्षेत्रमा यस अघि पनि विभिन्न समूहवाट आक्रमण हुने गरेको छ ।

यस फिल्मको बाँकी सुटिङ पहलगाम, गुलमर्ग, सोनमर्गमा हुने भएको छ । त्यसो त सलमान आफै पनि बजरंगी भाईजान र प्रेम रतन धन पायो’ सुटिङ पूरा गर्न चाहन्छन् । किनकी उनी फेरी केही दिनपछि अदालतमा उपस्थित हुनुपर्ने छ । अदालतमा उपस्थित हुनु अघि नै दुबै फिल्मको सुटिङ सक्ने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?