Comments Add Comment

आइतबार अपराह्नको भूकम्पबाट एकको मृत्यु

२७ वैशाख, ललितपुर । आइतबार अपराह्न गएको भूकम्पको धक्काबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

 अपरान्ह ३ बजेर २३ मिनेटमा काभ्रे र भक्तपुर सीमानामा केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको  भूकम्प गएको थियो ।

भूकम्पबाट कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने ७२ वर्षीय शङ्खबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले जानकारी दिए ।

चर्किएको घरभित्र खाटमा सुतिरहेको अवस्थामा धक्का महसुस भएपछि दौडने क्रममा लडेर उनको मृत्यु भएको थापाले जानकारी दिए ।

नगरकोटीको मृत्यु भएपछि ललितपुरमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment