Comments Add Comment

विन्डोज १०, माइक्रोसफ्टको अन्तिम संस्करण

windows-10
लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजमा लगातार परिमार्जन गर्दै नयाँ नयाँ संस्करण ल्याउने गरेको माइक्रोसफ्ट कम्पनीले विन्डोज १० अन्तिम संस्करण हुने घोषणा गरेको छ ।

माइक्रोसफ्टको विकाश कार्यकारी जेरी निक्सले शिकागोमा भएको माइक्रोसफ्ट इग्नाइट सम्मेलनमा बोल्दै विन्डोज १० माइक्रोसफ्टको डेक्सटप अपरेटिङ सिस्टममा अन्तिम संस्करण हुने खुलासा गरेका हुन् ।

उनका अनुसार विन्डोज १० पछि माइक्रोसफ्टले विन्डोजको नयाँ संस्करण नल्याई यसैलाई निरन्तर परिमार्जन गर्दै लग्नेछ । यसको अर्थ अब माइक्रोसफ्टको विन्डोज ११, १२ जस्ता नामका अपरेटिङ सिस्टम हुनेछैनन् ।

निक्सनले भनेका छन्, ‘विन्डोजलाई सेवाको रुपमा आपूर्ति गरिनेछ र नयाँ आविष्कार तथा अपडेटहरु निरन्तर रुपमा ल्याइनेछ ।’ उनले विन्डोज अपरेटिङ सिस्टमको दीर्घकालीन भविष्य रहेको समेत दाबी गरे ।

माइक्रोसफ्टको विषयमा अनुगमन गर्ने संस्था गार्टनरका अनुसार अब विन्डोज ११ देख्न नपाइने भएपनि विन्डोज १० पछिका परिमार्जित संस्करणलाई के नाम दिने भन्ने विषयमा भने माइक्रोसफ्टले टुंगो लगाइसकेको छैन ।

यसअघि विन्डोज ८ पछाडि ९ को साटो एकैचोटी विन्डोज १० घोषणा गरेर माइक्रोसफ्टले विगतको परम्परा तोडेको थियो । हरेक केही वर्षमा पूरानो अपरेटिङ सिस्टमको ठाउँमा नयाँ अपरेटिङ सिस्टम ल्याउँदा माइक्रोसफ्टले आफ्ना विद्यमान प्रयोगकर्ता तथा नयाँ ग्राहकको चित्त बुझाउन निकै कसरत गर्नुपरिरहेको छ । पूरानो भर्सन चलाइरहेका विन्डोज प्रयोगकर्ताले नयाँ विन्डोज किनेर पुनः इन्स्टल गर्नुपर्दा थप आर्थिक भार समेत बेहोर्नुपरिरहेको परिस्थितिमा माइक्रोसफ्टले अब विन्डोज १० तथा त्यसका हरेक अपडेटलाई समेत निशुल्क उपलब्ध गराउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment