Comments Add Comment

रन वे बिग्रिएपछि अन्तराष्ट्रिय उडान एक घन्टा अवरुद्ध

TIA-5

२८ वैशाख, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन वे बिग्रिएपछि अन्तराष्ट्रिय उडान तथा अवतरण झण्डै एक घन्टा अवरुद्ध भएको छ ।

कोटेश्वरतर्फको रन बेमा समस्या देखिएपछि ममर्तका लागि बन्द गरिएको नागरिक उड्ययन प्राधिकरणका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुुुसार सोमबार दिउँसो १ बजेर १९ मिनेटबाट अन्तराष्ट्रिय उडान तथा अवतरण रोकिएको थियो । २ बजेर ८ मिनेटबाट उडान सुचारु भएको छ ।

यो एक घन्टामा जेट, एयर अरेवियासहितका तीन बटा विमानलाई लखनउ डाइभर्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment