Comments Add Comment

भूकम्प आउँदा बुटवलमा ४ जना बेहोस

Bhairahawa

  • भूकम्पपछि सडकमा निस्किएकाहरू

सलमान खान

२९ वैशाख, भैरहवा । मंगलबार आएको भूकम्पका कारण आत्तिएर रुपन्देहीको बुटवलमा ३ जना महिला र १ जना पुरुष बेहोस भएको एसपी राजेन्द्र ढकालले बताए ।

दोस्रोपटक आएको भूकम्पका कारण मानसिकरुपमा भयग्रस्त हुने क्रम बढेको छ । दोलखा जिल्लामा केन्द्रविन्दु बनाएर मंगलबार १२ बजेर ५३ मिनेटमा आएको ७.४ रेक्टरको भूकम्पले पुनः जनमानसमा त्रास फैलाएको छ ।

भूकम्पका कारण नवलपरासी गेर्नी गाविस ३ का ३५ वर्षीय रितेश गुप्ताको छतबाट खसेर खुट्टा भाच्चिएको छ भने प्रहरी चौकी भुजहावा र इलाका प्रहरी कार्यालय नयाँ बेलानीको भवन चर्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी सोमबहादुर थापाले बताए ।

यस्तै कपिलवस्तु जिल्लामा भूकम्पका कारण घरहरु चर्किएका छन् भने पुर्ण क्षति विवरण अहिलेसम्म नआएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment