Comments Add Comment

दोस्रो भूकम्पपछि काठमाडौंको त्रासदी (फोटो कथा)

After-powerful-New-earthquakeNepal

  • भूकम्पपछि सुरक्षित ठाउँ खोज्दै ह्युमपाइप भित्र बसेका ललितपुर ग्वार्कोका बासिन्दाहरू । तस्वीर विकाश श्रेष्ठ/अनलाइनखबर

श्रीधर पौडेल/विकाश श्रेष्ठ/कविन अधिकारी

२९ बैशाख, काठमाडौं । बैशाख १२ गतेको ७.८ रेक्टरको महाभूकम्पको आतंक केही मत्थर भएकै बेला मंगलबार अर्को ठूलो भूकम्पको धक्काले सर्वसाधारणलाई आतंकित बनाएको छ ।

मंगलबारको भूकम्पपछि राजधानीबासीहरु फेरि सुरक्षित स्थानको खोजीमा खुल्ला मञ्चमा भेला भएका छन् । सडक विस्तारको लागि ललितपुर ग्वार्कोमा राखिएका ह्युमपाइप भित्र मानिसहरू बसेको पनि देखियो ।

राजधानीका सडकमा राजधानीवासीहरु त्रिपाल, म्याट्रेस, ब्ल्याङकेट बोकेर आतंकित हुँदै खुल्ला स्थानमा निस्किएका छन् । राजधानीका टुँडीखेल, रंगशाला, भृकुटीमण्डप लगायतका स्थानमा मानिसहरुको भीड लागेको छ । 

Nepal-Earthquake 2 (1)

त्यसैगरी, सडक किनारामा रहेका खाली स्थानहरुमा पनि मानिसको भीड छ । खुल्ला ठाउँहरुमा फेरि त्रिपाल टाँग्न थालिएको छ ।

वैशाख १२ गतेपछि तीन/चार रात उपत्यकाबासीहरु त्रिपाल मुनि सुतेका थिए । मंगलबार पनि राजधानीबासीहरु सडकमा ओर्लिएका छन् ।

भूकम्पपछि सार्बजनिक तथा निजी सवारी साधनहरु रोकिएपछि केही समयसम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । सुरक्षाकर्मीहरू घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लैजान व्यस्त छन् ।

मंगलबारको भूकम्पपछिका केही दृश्य –

Nepal-Earthquake 2 (2)earthquake

earth quake (4)

earth quake



earth quake (6) earth quake (7) earth quake (8) earth quake (9) earth quake (10) earth quake (11) earth quake (12) earth quake (13)

earth quake (1)

Nepal-Earthquake 2 (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment