Comments Add Comment

दोलखा-रामेछापलाई काठमाडौं जोड्ने सडकहरु अवरुद्ध

३० वैशाख, काठमाडौं । दोलखा केन्द्रविन्दू बनाएर मंगलवार अपरान्ह आएको शक्तिशाली भूकम्पका कारण दोलखा तथा रामेछापका सडकहरु अवरुद्ध भएका छन् ।

भूकम्पसँगै ठूला ठूला भीरबाट ढुंगाहरु झरिरहेका र पहिरो समेत गएका कारण सडयक यात्रा जोखिमपूर्ण रहेको छ । ग्रामीण सडकहरु धेरै नै अवरुद्ध छन् ।

नेपाल प्रहरीका अनुसार दोलखाको शहरे गाविस वडा नम्बर ४ मा पहिरो गएका कारण रामेछाप सदरमुकाम मन्थली र दोलखा सदरमुकाम चरिकोट जोड्ने प्रमुख राजमार्ग अवरुद्ध भएको छ ।

मन्थलीबाट अघि बढेका गाडी खिम्तीबाट निस्कने अवस्था छैन । त्यसतै काठमाडौं मन्थली जोड्ने वीपी राजमार्गमा ठूलो पहिरो नगए पनि सवारी चलेका छैनन् ।

त्यस्तै दोलखाकै लामाबगर सिंगटी सडक खण्ड अवरुद्ध बनेको छ । चरिकोटबाट काठमाडांै आउने अरनिको राजमार्गको लाँकुरी डाँडा सडक खण्ड पनि अवरुद्ध छ ।

लाँकुरीडाँडाको झिगानेमा पहिरो गएका कारण काठमाडौं आउने सवारी साधन अघि बढ्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।

उता लम्जुङबाट मनाङ जोड्ने सडक पनि अवरुद्ध भएको छ । लमजुङ बेसीसहर मनाङ सडक खण्डअन्तर्गत ताघ्रिङ च्याम्चेमा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment