+
+

मजदुरको मृत्यु पछि हुलास उद्योग बन्द

३ जेठ, कलैया । कामदारको मृत्यु भएपछि बाराको सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज प्रालि बन्द भएको छ । उद्योगको ग्यास प्लान्टमा काम गरिरहेकाबेला सिमरा निवासी २५ वर्षीय शंकर खतिवडाको आइतबार मृत्यु भएको हो । उनको ग्यास लीक भएर मृत्यु भएको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३ गते १५:३१

Hulas-Steel-Industries

सुभाषप्रसाद साह

३ जेठ, कलैया । कामदारको मृत्यु भएपछि बाराको सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज प्रालि बन्द भएको छ ।

उद्योगको ग्यास प्लान्टमा काम गरिरहेकाबेला सिमरा निवासी २५ वर्षीय शंकर खतिवडाको आइतबार मृत्यु भएको हो । उनको ग्यास लीक भएर मृत्यु भएको बताइएको छ ।

खतिवडाको मृत्यु भएपछि उचित क्षतिपूर्ति र परिवारको सदस्यलाई काम दिनुपर्ने माग गर्दै मजदुरहरुले आन्दोलन शुरु गरेका छन् । मजदुरहरुको आन्दोलनपछि उद्योग बन्द छ ।

उद्योग प्रशासनले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने समग्र उद्योग ट्रेड युनियनका महासचिव आनन्द थामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?