Comments Add Comment

सिंगटीमा विप्लव माओवादीको स्वास्थ्य शिविर

singati-dolakha

४ जेठ, काठमाडौ । वैशाख २९ को दोस्रो ठूलो भूकम्पबाट अत्याधिक प्रभावित दोलखाको सिंगटीमा विप्लव माओवादीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले दोलखाको सिंगटीमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गत बैशाख २९ गते आएको भूकम्पको केन्द्रविन्दु सिंगटीमा शुक्रबारदेखि स्वास्थ्य शिविर सुरु गरिएको सिंगटीबाट फर्किएका दीपेन्द्र रावलले बताए ।

जिल्ला जनस्वास्थ्यसँग समन्वय गरी उनीहरुले जिल्लाकै सबैभन्दा बढि जोखिममा रहेको सिंगटीका भूकम्पपीडितहरुलाई सेवा दिएका छन् । उद्दारको लागि त्यहाँ खटिएको नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीले पनि उक्त शिविरमा स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

अर्थोपेडिक सर्जन जापानी नागरिक डा. इसिदासहित नेपाली स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न छन् । महासंघका अध्यक्ष डम्बर रावलका अनुसार भूकम्पपीडितलाई प्राथमिक उपचारका साथै विशेषज्ञ सेवा दिइएको छ ।

भूकम्पको क्रममा घइते भइ उपचार नपाएका, चोटपटक लागेका, झाडापखालाका विरामी बढि भएको रावलले बताए । भूकम्पपछि निकाल्न बाँकी केही शव र मरेका गाइबस्तुले दुर्गन्ध बढेकाले महामारी फैलनसक्ने भन्दै त्यसमा सतर्कता रहन सबैलाई आग्रह गरेको उपचारमा संलग्न राजु थापाले बताए ।

काठमाडौँबाट गएका डा. इसिदा, महासंघका अध्यक्ष तथा स्वास्थ्यकर्मी डम्बर रावल, राजु थापा, गोविन्द विष्ट लगायत स्थानिय स्वास्थ्यकर्मीसहित ७ सात जना उपचारमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment