Comments Add Comment

काभ्रेमा साम्बो संघको राहत

Sambo
४ जेठ, काठमाडौं । नेपाल साम्बो संघले काभ्रेको श्रीखण्डपुरका भूकम्प पीडित ३५ परिवारलाई राहत वितरण गरेको छ । संघले ५० हजार रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको हो ।

प्रतिपरिवार १ बोरा चामल, नुन र तेल वितरण गरेको संघका महासचिव उत्तम श्रेष्ठले जानकारी दिए । राहत सामाग्री संघका अध्यक्ष धनञ्जय श्रेष्ठ, उपाध्यक्ष अमिर श्रेष्ठ, महासचिव उत्तम श्रेष्ठ लगायतले वितरण गरेका थिए ।

यसअघि संघले नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंका ४५ घरपरिवारलाई राहत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment