Comments Add Comment

प्रधानमन्त्रीको कार्यालयसहित तीन मन्त्रालय सारियो

४ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित तीनवटा मन्त्रालयको कार्यालय सोमबारदेखि अर्को ठाउँमा सारिएको छ ।

भूकम्पका कारण क्षतिग्रस्त भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको हो । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ठाउँ दिएको स्थानीय विकास मन्त्रालय भने शान्ति मन्त्रालय रहेको भवनमा सरेको छ । शान्ति मन्त्रालय भने कानुन मन्त्रालय रहेको भवनमा सरेको छ ।

कानुनमन्त्री र शान्ति मन्त्री एउटै व्यक्ति भएकाले काम गर्न पनि सजिलो हुने भएकाले दुवै मन्त्रालयलाई एउटै भवनमा राखिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद मलेगोले जानकारी दिए ।

तीन मन्त्रालयको कार्यालयमात्रै फेरवदल गरिएको र अन्य केही मन्त्रालय सार्ने तयारी भइरहेको उनले बताए । युवा तथा खेलकुद मन्त्रालय जल तथा ऊर्जा आयोगको कार्यालय रहेको भवन र राष्ट्रिय योजना आयोगको कार्यालय मुद्रण विभाग रहेको कार्यालयमा सार्ने गृहकार्य भइरहेको छ ।

यसअघि रक्षा मन्त्रालय राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा सरिसकेको छ । क्षतिग्रस्त भवनमा रहेका अन्य कार्यालय पनि सार्न सम्बन्धित निकायहरूले आन्तरिकरुपमा गृहकार्य गरिरहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment