+
+

जैन तेरापन्थ समाजद्वारा नेपाल प्रहरी श्रीमती संघलाई राहत हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ५ गते ११:३९

५ जेठ, काठमाडौं । नेपाल भारत जैन श्वेताम्वर तेरापन्थ समाजले भूकम्प पीडितहरुका लागि त्रिपाल, कम्वल लगायतका राहत सामग्री नेपाल प्रहरी श्रीमती संघलाई हस्तान्तरण गरेको छ ।

Shirimati-Sangh

मंगलबार बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा जैन तेरापन्थ समाज काठमाडौंका अध्यक्ष दिनेश नौलाख र प्रवास समितिका वरिष्ठ उपाध्यक्ष मोतिलाल दुगढले नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रोशी अर्याललाई संयुक्तरुपमा राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विनासकारी भूकम्पले निम्त्याएको विपतिको घडीमा नेपाल प्रहरीले प्रदान गरिरहेको सेवालाई जैन समाजको सदभावपूर्ण सहयोगको सह्राना गरे ।

यस्तै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रोशी अर्यालले नेपाल भारत जैन श्वेताम्वर तेरापन्थ समाजप्रति धन्यबाद व्यक्त गर्दै राहत सामग्री यथाशिघ्र पीडित समक्ष पुग्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?