Comments Add Comment

रापती समाजबाट भूकम्प पीडित पत्रकारलाई जस्तापाता सहयोग

५ जेठ, काठमाडौं । रापती समाज काठमाडौंले वैशाख १२ को भूकम्पमा घर गुमाएका रङ्ग पत्रकार कुबेर गिरीलाई जस्तापाता सहयोग गरेको छ ।

Rapti-Samaj-help-to-Kuber-g

दाङ-काठमाडौं पत्रकार समाजको पहलमा रापती समाजले पत्रकार गिरीलाई मंगलबार दुई बन्डल जस्तापाता सहयोग गरेको हो ।

समाजकी कोषाध्यक्ष सीमा पुरीले आफूहरुको सहयोगबाट पत्रकार गिरीलाई धेरै राहत मिल्ने अपेक्षा गरिएको बताइन् ।

वैशाख १२ को भूकम्पले रङ्ग पत्रकार गिरीको काठमाडौं रामकोटस्थित निवासमा क्षति भएको थियो । घर भत्केर बस्न समस्या भएकाबेला रापती समाजले गरेको सहयोगप्रति उनले खुसी व्यक्त गरे ।

रापती समाजले यसअघि गोरखा र काभ्रेका पनि भूकम्प पीडितहरूलाई पनि सहयोग गरेको थियो ।

‘अति प्रभावित जिल्लाका दुर्गम गाउँका पीडितहरूलाई पनि सहयोग गर्ने तयारीमा छौं’, रापती समाजका अध्यक्ष शशी शर्मा मजगैयाँले भने, ‘वास्तविक पीडितले आग्रह गरे तत्काल राहत पुर्‍याउने निर्णय गरिसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment