Comments Add Comment

मोदीका अतिरिक्त मुख्य सचिव मिश्रद्वारा प्रधानमन्त्रीसँग भेट

५ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिरिक्त मुख्य सचिव डा. प्रमोदकुमार मिश्रले मंगलबार प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेका छन् ।

मिश्र भारतीय प्रधानमन्त्री मोदीको नर्देशनमा भूकम्पपछि पीडितको उद्धार, राहत र पुनस्थापनामा नेपाल सरकारलाई कसरी सघाउन सकिन्छ भन्ने जानकारी लिन नेपाल आएका हुन् ।

बालुवाटारमा भएको भेटमा मिश्रले मोदीसँग गुजरातको भुजमा गएको शक्तिशाली भूकम्पमा स्थानीय जनताले भोग्नु परेको पीडा र भूकम्पले गरेको क्षतिको व्यवस्थापनका सम्बन्धमा अनुभव रहेको भन्दै नेपालका भूकम्प पीडितहरुको लागि अधिक चासो राखेको बताए ।

प्रधानमन्त्री कोइरालाले भूकम्प आउना साथ आफूलाई फोन गरी विपद्मा सघाउने ढाडस् दिएको र तत्कालै नेपाल सरकारको अनुरोधमा खोजी, उद्धार र राहतका लागि जनशक्ति, स्रोत र साधनहरु दिएर सहयोग पुर्‍याएकोमा धन्यवाद दिएका छन् ।

कोइरालाले अव खोजी र उद्धारको कार्य करिब करिव सकिन लागेको तथा राहत र पुनस्थापनाका कार्य चलिरहेको बताए । अस्थायी बसोबासको निमित्त जस्तापाताको माग बढी भएको भन्दै पुनःस्थापना र पुनर्निर्माणमा थप सहयोग आवश्यक पर्ने बताएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment