+
+

घर भत्किएपछि शौचालयमै भान्छा !

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ६ गते ६:२०

६ जेठ, खोटाङ । गत वैशाखको भूकम्पले घर र मतान पूर्ण रुपमा भत्किएपछि खोटाङका दुई परिवारको शौचालय नै भान्छा बनेको छ ।
ब्स्दै आएको घर र मतान भूकम्पले पूर्ण रुपमा भत्किएपछि सप्तेश्वर छितापोखरी बतिखुमका प्रदीप गिरी र पर्शुराम गिरीको परिवारले शौचालयलाई नै भान्छाको रुपमा प्रयोग गरिरहेका हुन्  ।
toylet
खुला ठाउँमा आगो बालेर अँगेना जोड्नुभन्दा साँघुरो भए पनि शौचालयभित्र आगो बाल्नु सुरक्षित हुने भएकाले शौचालयमा नै पकाउन थालिएको भूकम्पपीडित प्रदीपले बताएको नयाँ पत्रिकामा खबर छ । केहीसमयअघि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छितापोखरीका गिरी परिवारले नयाँ शौचालयलाई भान्छा बनाएका हुन् ।

भूकम्पले घर भत्किएपछि प्रदीपका श्रीमती र छोराछोरीसहित नौजनाको परिवार पालमुनि बसिरहेका छन् । यस्तै पर्शुराम ८० वर्षका वृद्धा आमा, श्रीमती, छोराबुहारी र एक वर्षका नातिसहित पाल टाँगेर खुला चौरमा बसिरहेको स्थानीय अमृत गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?