Comments Add Comment

विदेशी मुद्रा साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

arrest thag६ जेठ, काठमाडौ । विदेशबाट आएका नेपालीलाई महंगो रेटमा मुद्रा सटही गरिदिने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मी अमरपुरका होम बहादुर कुमाल, यमबहादुर जिसी, ज्ञानबहादुर कुमाल र रमेश कुमाललाई काठमाडाैकाे गोगंबु बसपार्क क्षेत्रमा ठगी गर्दागर्दै प्रहरीले पक्राउ गरेको हो ।

नवलपरासी रामनगर गाविस- ६ घर हुने देविलाल ढकालबाट एक लाख चार हजार पाँच सय रुपैयाा ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुलाई ठगी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment