Comments Add Comment

राष्ट्रिय सरकार बनाउने सहमति भइसक्यो : गच्छदार

६ जेठ, बिराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रमुख राजनीतिक दलहरुबीच सैद्धान्तिक सहमति भएको दावी गरेका छन् ।

Bijaya-Kumar-Gachhadarबिराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले भने-‘सवै दल मिलेर भूकम्पले ल्याएको विपदको सामना गर्नसैद्धान्तिक सहमति धई सकेको छ । केही दिन भित्रैमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुनेछ ।’

राष्ट्रिय एकतालाई सबल र सुदृढ बनाउँदै राजनीतिक विवाद हल गर्न पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनले बताए ।

सरकारको नेतृत्वबारे विवाद नरहेको भन्दै उनले भने-‘जसको नेतृत्वमा भएपनि अहिलेा आलोचना वा विरोध गर्ने अवस्था छैन । सवै एक भएर अघि वढ्नुपर्छ ।’

गच्छदारले राजनतिक संकट समाधानका लागि दलहरुले प्रतिस्पर्धाको भावना हटाएर एक भएर जाने सहमति भएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment