Comments Add Comment

पीडासँगै किसानलाई बाली स्याहार्ने चटारो (फोटो कथा)

bhaktpur ma bali-1६ जेठ, काठमाडौ । महाभूकम्पले अस्तब्यस्त बनेपछि अस्थायी बासस्थान र राहतका हात थाप्न विवश किसानहरु काममा फर्किन थालेका छन् ।

एक त आफ्नै परिवार गुमाएको पीडा अर्को घर भत्किएर बस्ने ओत नपाएका नागरिकहरु ओत लाग्ने ठाउँ नभए पनि खेतमा पाकेको अन्न खेतमै कुहिने चिन्ताले गर्दा काममा फर्किएका हुन् ।
bhaktpur ma bali-2‘ओत लाग्ने ठाउँको बनाउँदै गरौंला तर पाकेको बाली पनि त भित्र्याउनु पर्यो’ भन्दै किसानहरु अन्नबाली भित्र्याउनतिर लागेका हुन् ।

केही दिनदेखि रुवाबासीले सताएको काठमाडौ भक्तपुर तथा आसपासका भूकम्प प्रभावित क्षेत्रमा यतिबेला किसानहरु पाकेको गहुँबाली भित्र्याउन कस्सिएका छन् ।

काठमाडौ र भक्तपुरका किसानहरु आफ्नो पीडा विर्सिने प्रयास गर्दै खेतबारीमा बाली स्याहार्नका खेतका गराहरुमा देखिन थालेका छन् ।

IMG_2592 copyगहुँ काटेर घरको आँगनमा झार्ने गरेका किसानहरु यतिबेला घरमा राख्ने ठाउँ नभएकैले होला खेतकै गराहरुमा तन्ना बिछ्याएर गहुँ झारिरहेका छन् ।

किसानका खेतका गराहरुमा पुग्दा यतिबेला उनीहरु भूकम्पले दिएको पीडा भुल्दै खेती स्याहार्नमा ब्यस्त देखिन्छन् ।

‘खेतमा पाकेको बाली स्याहार्न ढिला भइसकेको छ, मंगलवार खेतका गरामा धमाधम गहुँ काट्दै गरेका एक भक्तपुर किसानले भने, अब पनि गहुँ काट्न ढिला गर्ने हो भने खेतमै झरेर सिद्धिन्छ ।’

IMG_2794 copyकिसानहरुले लगाएको गहुँबाली यतिबेला पाकेर पहेँलै भएको छ भने सिँचाई हुने खेतहरुमा चैतमा लगाएको धान गोड्ने हतारो छ ।

IMG_9113 copy IMG_9193 copy IMG_9221 copy

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment