Comments Add Comment

ट्याक्टरले किच्दा किशोरीको मृत्यु

६ जेठ, उर्लाबारी । मोरङको पथरी-डाइना सडकखण्डको लामाटोलीमा बुधबार दिउँसो मोटरसाइकलसँग जुधेर भुइँमा लडेकी स्कुटर चालक किशोरीलाई ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।

को १ त ३५२२ नम्बरको ट्याक्टरले किच्दा झापा बुधबारे २ की २५ वर्षीया टिकादेवी श्रेष्ठको मृत्यु भएको हो । मे ३ प १६६० नम्बरको स्कुटर चालक उनी मे ५ प १९९९ नम्बरको मोटरसाइकलसँग जुधेर लडेकी थिइन् । भुइँमा लडेलगत्तै उनलाई ट्याक्टरले किचेको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्य २ जनामध्ये १ जनाको अवस्था गम्भीर रहेको र अर्का एकजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment