Comments Add Comment

ओस्प्रे विमानसहित अमेरिकी सेना फर्किने

Nepal-Army-press-meet

६ जेठ, काठमाडौं । विनाशकारी भूकम्पपछि उद्धार तथा राहतमा सहयोग गर्न आएको ओस्पे विमान सहितको अमेरिकी सैनिक टोली फर्किने भएको छ ।

सैनिक मुख्यालयमा बुधबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी सेनाका ज्वाइन्ट फोर्स कमाण्डर जोन विस्लरले आफ्नो टीम फर्किन लागेको बताए । उनका अनुसार चार बटै ओस्प्रे विमान बिहीबार र्फकने छन् । बाँकी हेलिकोप्टर पनि लगतै जानेछन् ।

उद्धार तथा राहतका लागि आएको अमेरिकी एउटा हेलिकोप्टर भने दुर्घुटना भएको छ । सिन्धुपाल्चोक र दोरखाको सीमामा पर्ने सिन्दूरेडाँडामा भएको दुर्घटनामा दुई नेपाली सेना र छ अमेरिकी सैनिकको ज्यान गएको छ ।

अमेरिकी सेनाका ज्वाइन्ट फोर्स कमाण्डर जोन विस्लरले नेपाली सेनासँग संयुक्त रुपमा काम गर्न पाउँदा खुसी लागेको बताए । साथै संयुक्त टास्क फोर्स फर्किए पनि नेपाललाई सहयोग गर्न सदैव तयार रहेको बताए ।

प्रधानसेनापति गौरव शम्शेर जबराले उद्धार, राहत र घाइतेहरुको उपचारमा अमेरिकी सेनाले गरेकोको सहयोगको प्रशंसा गरेका छन् ।

पत्रकार सम्मेलनमा अमेरिकी राजदूत पीटर डब्लू बोडेले नेपालमा संकट परेको बेला सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

भूकम्प प्रभावित ठाउँमा अमेरिकन सेनाले हामी नेपालसँग छौं भन्ने भावका साथ काम गरेको उनले बताए । साथै उनले नेपाल सरकारलाई थप सहयोग जारी रहने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment